२० असार २०८३, शनिबार

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने

कात्तिक २०, २०७४
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने
काठमाडौं, १ पुस - पोखरामा पुस ६ गतेदेखि दोस्रो अन्तर्राष्ट्रिय पर्वतीय  चलचित्र महोत्सव सुरु हुने भएको छ । पोखरा फिल्म सोसाइटीले पोखराको सभागृह हलमा आयोजना गर्ने महोत्सवमा राष्ट्रिय र अन्तराष्ट्रिय ५० भन्दा बढी चलचित्रको प्रदर्शन हुनेछ । महोत्सव ३ दिनसम्म चल्नेछ ।
महोत्सवको समयमा कार्यक्रम बाहेक पोखराका मुख्य चोकहरूमा केही छानिएका चलचित्र समेत प्रदर्शन गरिने छ । महोत्सवमा नेपाली चलचित्र सम्बन्धी छलफल कार्यक्रम पनि हुनेछ । साथै केही महिनापछि यी चलचित्रलाई नेपालका हिमाली भेगमा पनि प्रस्तुत गरिनेछ । पर्वत र हिमाली क्षेत्र आसपासका संस्कृति, जीवन, परम्परा, जैविक विविधता जस्ता विषयको प्रवर्धन गर्ने महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

प्रतियोगितात्मक रुपमा नरहने महोत्सवले विद्यार्थी, सिनेकर्मी, नागरिक सरोकार वाला, लेखक, कलाकार लगायतलाई आकर्षित गर्ने आयोजकले जनाएको छ ।
हरेक वर्षको डिसेम्बरमा महोत्सव गरी हिमाली भेगका कथालाई चलचित्रमार्फत देखाउने योजना सहित हरेक वर्ष कार्यक्रम योजना गर्ने आयोजकको योजना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्