काठमाडौं, २४ फागुन– नेकपा एमालेले अब मधेसमा आफ्नो अभियान सञ्चालन नगर्ने जनाएको छ ।

अब आगामी २७ गतेदेखि हेटौडाबाट अभियान सञ्चालन गर्ने तय भएको एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शनिबारदेखि एमालेले झापाको काकडभिट्टाबाट आफ्नो अभियान सञ्चालन गरेकोमा सोमबार सप्तरीमा आमसभा गर्ने क्रममा भएको झडपमा मधेसी मोर्चाका तीन जना कार्यकर्ताको ज्यान गएको थियो भने त्यसलगत्तै तीन दिनको लागि अभियान स्थगित गर्ने एमालेले निर्णय गरेको थियो ।
सो निर्णय गरेको २४ घण्टापछि एमालेले मधेसमा नभई हेटौंडाबाट देशका अरु स्थानमा अभियान चलाउने जनाएको हो ।