०६ असार २०८३, शनिबार

सप्तरी घटनामा के भने बाबुरामले ?

कात्तिक २०, २०७४
सप्तरी घटनामा के भने बाबुरामले ?


काठमाडौँ, २४ फागुन - नयाँ शक्ति पार्टी नेपालले सप्तरीमा भएको घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।baburam_bhattarai

पार्टी संयोजक डा बाबुराम भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबाट आफू र आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गर्दै उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुलुकलाई देशभक्ति सहितको राष्ट्रिय एकता आवश्यक भएको औँल्याउँदै नयाँ शक्ति पार्टी राजनीतिक सहमति, राजनीतिक विश्वास र सहकार्यको पक्षमा रहेको संयोजक डा भट्टराईले विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उनले ‘हामी समावेशी विकास र समृद्धिको पक्षमा छौँ, हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौँ, यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहीँकतैबाट प्रोत्साहित नगरौँ’ भनेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्