
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र काठमाडौं भ्याली हस्पिटल प्रालिबीच बुधवार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
सम्झौता पत्रमा काठमाडौं भ्याली हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आईएमई बैंकका कार्ड बिक्रीवितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजना ल्याइरहेको छ ।
सम्झौतापश्चात् काठमाडौं भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११५ शाखारहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।