२६ असार २०८३, शुक्रबार

म्यानपावर व्यवसायी तामाङ विरुद्ध १९ करोड ५८ लाखको करछली मुद्दा दायर

म्यानपावर व्यवसायी तामाङ विरुद्ध १९ करोड ५८ लाखको करछली मुद्दा दायर

काठमाडौं– स्काई ओभरसिजका सञ्चालक बलबहादुर तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छली गरेको आरोपमा मुद्दा दर्ता भएको छ । 

राष्ट्रिय अनुसन्धान विभागले तामाङ विरुद्ध बिगोको दोब्बरसम्मको जरिवाना र तीन वर्ष कैद सजाय मागदावी गर्दैै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

तामाङलाई विगो र जरिवाना गरि १९ करोड ५७ लाख ४३ हजार र ३ वर्ष कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरिएको हो । 

अनुसन्धान विभागले तामाङको व्यक्तिगत खातामा विभिन्न विदेशी कम्पनीहरुबाट आय रकम जम्मा भएको सम्बन्धमा राजस्व चुहावटको कसुरमा अनुसन्धान गरिएकोमा प्रतिवादीले विभागमा गरेको बयान, बैंक खाताको विवरण नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरको अध्ययन एवं विश्लेषणको आधारमा उलने कर छली गरेको प्रमाणित भएको दाबी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्