१० साउन २०८३, आइतबार

प्रधान सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

प्रधान सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । 

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । 

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतबीच एक अर्काे देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ । 

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्किने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्