११ साउन २०८३, सोमबार

आज पौष कृष्ण आमावास्या, पितृतृप्तिका लागि तीर्थस्थलमा श्राद्ध

आज पौष कृष्ण आमावास्या, पितृतृप्तिका लागि तीर्थस्थलमा श्राद्ध
फाइल तस्वीर

काठमाडौँ– पौष कृष्ण आमावास्याका दिन आज पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् । वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा आज कुनै नदी उत्तरवाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
 
आज विशेषगरी राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी, रिडीलगायत नदी किनारमा यही कामनाले पितृप्रति श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्छ । यसै अवसरमा गोकर्णेश्वर उत्तरगयामा गङ्गा आरती शुरु भएको वर्ष दिन पुगेको अवसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । गत वर्ष पौष कृष्ण आमावास्याका दिनदेखि आरती शुरु गरिएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्