२४ जेठ २०८३, आइतबार

जहाँ ३ कक्षा पास गरे दिइन्छ वार्षिक ३६ हजार भत्ता

पुस २२, २०७५
जहाँ ३ कक्षा पास गरे दिइन्छ वार्षिक ३६ हजार भत्ता

पर्वत– कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ । 

कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो ।  गत वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्