
कालीकोट– खाडागाउँमा पुस ८ गतेको आगलागीमा संलग्न रहेको आशंकामा प्रहरीले पलाता गाउँपालिका– १ का वडासचिव विष्णुकान्त प्याकुरललाई पक्राउ गरेको छ । वडाध्यक्षसहित ४ जनामाथि अनुसन्धान भइरहेको छ ।
शिक्षक नवीन न्यौपानेको घरबाट फैलिएको आगोले ३२ घर जलेको थियो । गाउँमा पानी ट्यांकी उद्घाटनपछि मदिराको सुरमा चुरोटको ठुटो फ्याँक्दा आगलागी भएको डीएसपी विनोद शर्माले बताए । वडासचिव प्याकुरल, वडाध्यक्ष मानबहादुर भण्डारी, वडाकै एक कर्मचारी र २ शिक्षकसहित ५ जना रातिसम्म मदिरा सेवन गररे बसेको र खरको छानोमा चुरोटको ठुटो फ्याँकेको प्रहरीको दाबी छ ।
आगलागीमा संलग्न भई राहत वितरणमा समेत अस्वाभाविक गतिविधि गरकाले प्याकुरललाई शनिबार साँझ पक्राउ गरिएको डीएसपी शर्माले बताए ।, कान्तिपुरमा खबर छ ।