२८ जेठ २०८३, बिहीबार

७ वटै प्रदेशमा छिट्टै लोकसेवा कानुन, प्रदेशले आफैं गर्नेछ कर्मचारी भर्ना

पुस २२, २०७५
७ वटै प्रदेशमा छिट्टै लोकसेवा कानुन, प्रदेशले आफैं गर्नेछ कर्मचारी भर्ना

काठमाडौं – सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने भएको छ। 
आजको राजधानी दैनिक लेख्छ–यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गरी तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ।

 राष्ट्रियसभाबाट सो विधेयक प्रतिनिधिसभामा जानेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश लोकसेवा आयोगको मापदण्डसम्बन्धी विधेयकलाई स्वीकृत गराइ प्रदेशमा पठाउने तयारी गरिएको जानकारी दिएको  छ। संसद्ले सो विधेयक स्वीकृत गर्नासाथ सातै प्रदेशलाई प्रदेश लोकसेवा आयोग गठन गर्ने बाटो खुल्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्