२९ असार २०८३, सोमबार

मेरो निजी सम्पत्ति छैन, भए देखाइदिनुस्ः प्रचण्ड

कात्तिक २०, २०७४
मेरो निजी सम्पत्ति छैन, भए देखाइदिनुस्ः प्रचण्ड
पोखरा, १ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अाफूसँग निजी सम्पत्ति नभएको दाबी गरेका छन् ।

पार्टी प्रशिक्षण कार्यक्रमका लागि पोखरा पुगेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो निजी सम्पत्ति देखाउन चुनौति दिएका हुन् ।

बुधबार सरकारले सार्वजनिक गरेको प्रधानमन्त्रीसहितका मन्त्रीहरुको सम्पत्ति विवरणको सार्वजनिक रुपमा आलोचना भइरहँदा प्रधानन्त्री प्रचण्डले आफूसँग निजी सम्पत्ति नभएको स्पष्ट पारेका हुन् । उनले साम्यावादी सिद्धान्त अनुसार आफ्नो निजी सम्पत्ति सवै पार्टीकरण गरेको उनको दाबी छ ।

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले सबैको सहमतिमै सरकार राष्ट्रिय संकटको समाधान खोज्न प्रयत्नशील रहेको जानकारी दिए । ‘सरकार सहमतिमै राष्ट्रिय संकटको समाधान चाहन्छ । म हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र संविधान कार्यान्वयन गर्ने प्रयत्नमा छु । यसलाई गलत अर्थमा व्याख्या गर्नु कसैको हितमा छैन । सम्वाद र सहमतिमै मात्र निकास सम्भव छ । संशोधन प्रस्ताव फिर्ता हुन्छ कि भन्ने आशंका पनि छ, संशोधन प्रस्ताव फिर्ता हुँदैन र रोकिँदैन पनि । तर, सहमतिमा संसदीय प्रक्रियाबाट यसलाई परिमार्जन गर्न सकिन्छ ।’

सरकार स्थानीय तहको निर्वाचनकै पक्षमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ संरचनामा स्थानीय तहको निर्वाचन कि पुरानै संरचनालाई स्थानीय तहमा रुपान्तरण गरेर निर्वाचन भन्ने सवाल केही दिनमा टुंगो लाग्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्