२९ असार २०८३, सोमबार

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको तयारी गर्न क्याम्पसहरुलाई अनुरोध गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपत्यका भित्र र बाहिरका क्याम्पसहरुलाई स्ववियु चुनाको पूर्व तयारी गर्न निर्देशन जारी गरेको हो । 

त्रिविका क्याम्पसहरुमा २०७३ साल फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको दुई वर्षे कार्यकाल सम्पत हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु चुनावको पूर्व तयारी गर्न गराउन अनुरोध गरेको हो । 

त्रिविका ६० आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्