२४ जेठ २०८३, आइतबार

वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारित, राजदूत शेर्पा र अनुसन्धान प्रमुख बर्खास्त

वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारित, राजदूत शेर्पा र अनुसन्धान प्रमुख बर्खास्त

काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिद अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरू जीवनबहादुर शाही एवं जितेन्द्रनारायण देवलाई नैतिक जिम्मेवारी लिन निर्देशन दिँदै कानुनसम्मत कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरको छ ।

अवकाशप्राप्त सचिव शंकरप्रसाद अधिकारीलाई पनि भ्रष्टाचार अभियोगमा थप छानबिन गर्न समितिले निर्देशन दिएको छ । तत्कालीन पर्यटन सचिव एवं हालका गृहसचिव प्रेम राई भने वाइडबडी खरिद प्रक्रियामा निर्दोष रहेको निष्कर्ष समितिले निकालेको छ । समिति सभापति भरत शाहले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारीसहित सञ्चालक समिति सदस्यलाई भ्रष्टाचार अभियोगमा छानबिन गर्न निर्देशन दिइएको बताए । 

उनले भने, ‘उनीअघिका पर्यटन सचिव प्रेम राईको बदनियतपूर्ण भूमिका देखिएन । त्यसैले उनको हकमा केही बोलिएको छैन । भोलि भेटिएमा कानुनबमोजिम हुनेछ ।’ उपसमितिले तयार पारको प्रतिवेदन र सोमबार लेखा समितिले गरको निर्णयको माइन्युटको ‘भाषा’ मा निकै फरक देखिन्छ । उपसमितिको प्रतिवेदनमा दुई पूर्वमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने र बहालवाला मन्त्री अधिकारीमाथि ‘बदनियत’ शब्द प्रयोग भएकोमा लेखा समितिले तीनै जनामाथि समान भाषा प्रयोग गरी कानुनसम्मत कारबाहीका लागि लेखी पठाउने निर्णय गरको े छ ।, कान्तिपुरमा खबर छ

खड्काविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काकी श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

खड्का  सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्ममा देखिएको विभिन्न शीर्षकको आय रु एक करोड २० लाख १३ हजार ४९९ समेत गरी रु आठ करोड ६४ लाख ६९ हजार ७५१ आयआर्जन गरेको देखिएको आयोगले जनाएको छ । यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका  विभिन्न स्थानमा ११ कित्ता जग्गा खरीद गरेको देखिएको छ । आयोगले स्रोत नखुलेको उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ । 

राजदूत शेर्पा बर्खास्त
सरकारले अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । 

मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो । छानबिन समितिले उनलाई राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएपछि उनी बर्खास्तीमा परेकी हुन् । 

शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख ‘बर्खास्त’
सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । स्रोतका अनुसार उनको ठाउँमा गणेश अधिकारीलाई नियुक्त गरिएको छ । उनले सोमबार राती नै पदभार ग्रहण गरिसकेका छन् । 

यसअघि अनुसन्धान विभागका प्रमुखको कार्यकाल ४ वर्षको रहेकोमा सरकारले कार्यकाल तीन वर्षमा सीमित गर्दै उनलाई पदमुक्त गरिदिएको स्रोतको भनाई छ । रेग्मी ०७२ जेठमा अनुसन्धान प्रमुखमा नियुक्त भएका थिए । काँग्रेस नेतृत्वको तत्कालीन सरकारले पर्वतका उनलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियो ।

सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार
सर्वोच्च अदालतले टीकापुर घटनाको आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । 

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले मंगलबार सदर गरेको छ । जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए । चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ । 

सहमति कार्यान्वयन गर्दै समायोजन गर्न निर्देशन
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग भएको सहमति कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । साेमबार  सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालय र युनियनबीच भएको नौबुँदे सहमति कार्यान्वयन गरेर समायोजन प्रक्रियालाई चाँडो टुङ्ग्याउन निर्देशन दिएको समितिका सचिव सुदर्शन कुइँकेलले जानकारी दिए । 

प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनमा देखिएको समस्यालाई संविधानको मार्गदर्शन हुने गरेर समाधान गरी कर्मचारीले उठाउँदै आएका सेवा, सुविधा र अवसरलाई अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा समेत समेटन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ  । यस्तै संसद्का कर्मचारीलाई पनि अन्य कर्मचारीसरह सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न निर्देशन दिएको छ । 

उपसमितिको प्रतिवेदनमा समिति सदस्यको फरक मत
चिकित्सा शिक्षा विधेयकसम्बन्धि शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमा समितिका सदस्यहरुबीच मत बाझिएको छ । उपसमितिले पेश गरेको प्रतिवेदनमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुको फरक—फरक मत आएपछि साेमबार बसेको समितिको बैठकले कुनै निर्णय लिन सकेन । जसका कारण समितिको बैठक दुई दिनपछि सरेको छ ।  

प्रतिवेदनमा सहमती जुटाउन भन्दै बुधबार बिहान १० बजे सम्मका लागि बैठक स्थगित गरिएको  हो । उपसमितिले तयार पारेको प्रतिवेदन प्रति त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले पत्रकार सम्मेलन गरेर असहमति जनाएको केही समय पछि बसेको समितिको बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदले पनि केसीले जस्तै असहमति जनाए । तर, सत्तापक्षका सांसदहरुले भने प्रतिवेदनको बचाउ गर्दै केसीका माग समेटिएको जिकीर गरे ।

हसिनाद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण 
बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन् । 

बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । चार पटक बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल हो । प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरूलाई पनि राष्ट्रपतिले शपथ गराएका छन् । ४६ मन्त्रीमध्ये ३१ नयाँ अनुहारका भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ए डिभिजन आज सकिँदै
शहिद स्मारक ए डिभिजन लिग फुटबल मंगलबार सकिँदै छ । ए डिभिजन लिगको अन्तिम खेलमा आज एनआरटी र ब्रिगेड ब्वाईज तथा फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लबवीच प्रतिस्पर्धा  हुनेछ । प्रतियोगिता चार महिना अघि शुरु भएको हो । 

लिगको हिजो भएको अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बल एपीएफ क्लबले संकटा क्लबमाथि जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफले संकटालाई १ का विरुद्ध २ गोलले पराजित गर्यो । अन्तिम खेल खेल्न बाँकी रहेको मनाङले लिगको उपाधि जितिसकेको छ । संकटा दोस्रो स्थानमा रहँदा थ्रीस्टार तेस्रो र त्रिभुवन आर्मी क्लबले चौथो स्थान पक्का गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्