२७ जेठ २०८३, बुधबार

स्वदेश फर्किएका युवा सरकारी योजनाबाट उत्साहित

पुस २४, २०७५
स्वदेश फर्किएका युवा सरकारी योजनाबाट उत्साहित

काठमाडौँ–बैदेशिक रोजगारीबाट फर्किएका कतिपय युवा पुनः नफर्कने गरी स्वदेशमै सङ्गठित हुन थालेका छन् । युवालाई स्वदेशमै रोक्ने प्रयासस्वरुप सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्यित गरी ल्याएको कार्यक्रमसँगै युवा स्वदेशमै सङ्गठित हुन थालेका हुन् । 
चालू आर्थिक वर्षको बजेटमा बैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय सञ्चालनका लागि १० लाख रुपियाँसम्मको कर्जा दिने व्यवस्था गरिएको थियो । बजेटमा भएको त्यस व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई समेटिएको छ । 
विदेशबाट फर्केका युवालाई उनीहरूको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा लिई बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सञ्चालन हुन लागेको यो कार्यक्रममा आवेदन दिनेको सङ्ख्या साढे सात हजार पुगिसकेको छ । 
त्यसैगरी बोर्डबाटै वैदेशिक रोजगारीका क्रममा विभिन्न सीप सिकेर प्रमाणपत्र नभएका युवाको सीप परीक्षण गरी प्रमाण पत्र दिने कार्यक्रम पनि सुरु गरिएको छ । सरकारले वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका युवाको सीप परीक्षणको व्यवस्था मिलाएको हो । पहिलोपटक सुरुभएको यस कार्यक्रमले वैदेशिक रोजगारीमा सिकेको सीप परीक्षणमा उत्तीर्ण हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्रसमेत दिनेछ । यस कार्यक्रममा यस वर्ष एक हजार युवाको सीप परीक्षण गर्न लागिएको हो । गोरखापत्र दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्