
काठमाडौं– डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सव डिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग लिएको ३३ हजार रुपैयाँ घुससहित पक्राउ परेका ठाकुरविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले ठाकुरसँग ३३ हजार रुपैयाँ बिगो र जरिवाना तथा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको दफा (३) को उपदफा (१) बमोजिम कैद सजाय माग गरेको छ ।