२७ असार २०८३, शनिबार

मुख्यमन्त्रीको गाडीसँग ठोक्किएर मोटरसाइकल चालक घाइते

पुस २४, २०७५
मुख्यमन्त्रीको गाडीसँग ठोक्किएर मोटरसाइकल चालक घाइते

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गाडीको ढोकामा ठोक्किएर मंगलबार एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री सवार गाडी धनगढीको होटल साथी नजिक बाटोमा  रोकेर ढोका खोल्दा पछाडीबाट मोटरसाइकलमा आइरहेका अछामको ढकारी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत विक्रम बोहोरा ठोक्किएर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि ओलीले गाडीको ढोकामा ठोक्किदा से ७ प २३२ नम्बरको मोटरसाइकल चालक बोहरा घाइते भएको जानकारी दिए । समान्य घाइते भएका बोहराको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । गाडी र मोटरसाइकलमा समान्य क्षति भएको प्रहरी नायव उपरिक्षक ओलीको भनाइ छ । 

मुख्यमन्त्रीको गाडी फर्काउने क्रममा सुरक्षा गार्डले पछाडी हेरेरै ढोका खोल्दा मोटरसाइकल चालक बोहरा ठोक्किएको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्