२४ जेठ २०८३, आइतबार

कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए आज पनि संसद बैठक चल्न नदिने

कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए आज पनि संसद बैठक चल्न नदिने

काठमाडाैं-  प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएपछि कांग्रेस सांसदहरुले यसअघि आइतबारको बैठकमा विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो । 

आजको बैठकमा पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए बैठक चल्न नदिने कांग्रेसको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने माग गर्दै आइरहेको छ । सभामुख महराले प्रश्नोत्तर सेसनमा मात्रै प्रधानमन्त्रीलाई प्रश्न राख्न पाइने भन्दै प्रश्न सोध्न अनुमति नदिएपछि काँग्रेस सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै आजको बैठक पनि चल्न नदिने बताएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्