२५ असार २०८३, बिहीबार

नारी सशक्तताकी उदाहरण : बंगलादेशकी एकमात्र रिक्शाचालिका ज्यासमिन

कात्तिक २०, २०७४
नारी सशक्तताकी उदाहरण : बंगलादेशकी एकमात्र रिक्शाचालिका ज्यासमिन
काठमाडौं, २५ फागुन — अन्तर्राष्ट्रिय महिला दिवसमा बंगलादेशकी एक रिक्शाचालिकाको बारेमा पढ्दा पनि गर्वको महसूस हुन्छ ।


बांग्लादेशकी मोसम्मत ज्यासमिन त्यहाँकी एक्ली रिक्शाचालक हुन् । उनले सबैथरी रूढिवादी विचारलाई चुनौती दिँदै आफ्नो रोजीरोटीका लागि रिक्शा चलाउन थालिन् ।

चटगाँवमा बस्ने ४५ वर्षीया ज्यासमिनलाई स्थानीयहरू क्रेजी आन्टी भनेर बोलाउँछन् ।

पतिले अर्कीसँग विवाह गरेपछि उनी तीन बच्चीलाई लिएर एक्लै बस्न थालिन् । बच्चाहरूको पालनपोषणका लागि उनले रिक्शा चलाउन थालेकी हुन् ।

उनले भाडामा लिएर रिक्शा चलाउन थाल्दा शुरुमा त मानिसहरूले खुबै उडाए ।

उनी हेल्मेट लगाएर रिक्शा चलाउँछिन् । दिनको करीब आठ घन्टा रिक्शा चलाउने ज्यासमिन ५०० रुपैयाँ जति कमाउँछिन् ।

उनी अन्य महिलालाई पनि काम गर्न प्रेरित गर्छिन् । अरूका अगाडि हात फैलाएर बाँच्नुभन्दा आफ्नै हातखुट्टा चलाउनु राम्रो भएको उनको भनाइ छ ।

एजेन्सीको सहयोगमा



salt training

कमेन्ट गर्नुहोस्