
काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
मंगलवार सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवासुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।