काठमाडौँ , १ पुस – उन्नाइस वर्षमुनिको युथ एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालका ब्याट्सम्यान रोहितकुमार पौडेल चम्किएका छन् ।

नेपालको एकपछि अर्को गर्दै ब्याटिङ ध्वस्त भइरहँदा ब्याट्सम्यान रोहित कुमार पौडेल सम्हालिएर खेले । उनले अर्धसतकीय इनिङ खेले ।
उनले ९३ बलमा २ छक्का र ६ चौकासहित ६८ रन जोडेर टोलीको लागि महत्वपूर्ण योगदान दिएका हुन् ।
यस्तै दिपेन्द्र सिंह ऐरीले ३४ रनको योगदान दिँदा आदी खानले १८ र प्रकाश केसीले १३ रनको योगदान दिए । अरु ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् ।