
काठमाडौं – ग्लोबल आईएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ पुस २६ गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको उत्साहजनक सहभागिता रहेको थियो ।
मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
२०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको १ दशकमा बैंक ‘बैंक अफ इयर द २०१४ तथा बेस्ट इन्टरनेट बैंकिङ अर्वाड २०१६, बेस्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भइसकेको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३३ शाखा, १ सय ४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र १ सय १६ शाखारहित बैैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।