०८ असार २०८३, सोमबार

नुवाकोटमा आगलागी,  रु चार लाख मूल्य बराबरको क्षति

पुस २८, २०७५
नुवाकोटमा आगलागी,  रु चार लाख मूल्य बराबरको क्षति

विदुर–ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ । 

गएराति भएको आगलागीमा स्थानीयवासी सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । 

आगलागीमा परेर केसीको घर र घरमा रहेका सबै सामान जलेर नष्ट हुनुका साथै घरसँगै रहेका किराना पसलमा समेत नगद रु ५० हजार, एक तोला सुन र पसलको खुद्रा सामान गरी रु चार लाख मूल्य बराबरको क्षति भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्