२१ जेठ २०८३, बिहीबार

नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र

पुस २९, २०७५
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र

काठमाडौँ–राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ ।

सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । 
नेपालको संविधानको धारा ५१ को ‘राज्यका नीतिहरु’ सम्बन्धी व्यवस्थाअन्तर्गत खण्ड ‘च’ को उपखण्ड (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे ५ । 

salt training

कमेन्ट गर्नुहोस्