०१ असार २०८३, सोमबार

युवती हत्याको छानबिनमा अब सिआइबी

कात्तिक २०, २०७४
युवती हत्याको छानबिनमा अब सिआइबी

खोटाङ, २५ फागुन - तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट टोली मगाइएको छ ।hatya

गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔँशी जङ्गलमा वीभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सिआइबीको टोली मगाएको हो ।

अहिलेसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सिआइबीको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि मानवअधिकार आयोगको टोलीले समेत स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा माघ २७ गते पाँच जना स्थानीयवासीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

जिल्लास्थित अन्तरपार्टी महिला सञ्जाल तथा महिला अधिकारकर्मीले अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लगाएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्