०३ असार २०८३, बुधबार

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शनिवार शोक विज्ञप्ति जारी सभापति देउवाले स्वर्गीय प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानको माघ ३ गते काठमाडौं भेडासिंहस्थित निवासमै निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्