२९ असार २०८३, सोमबार

इन्टरनेटका कारण यी बिजनेस ध्वस्त भए

कात्तिक २०, २०७४
इन्टरनेटका कारण यी बिजनेस ध्वस्त भए
काठमाडौं — इन्टरनेट आएपछि धेरैजनाको भलो भएको छ तर कुनै कुनै बिजनेस चाहिँ चौपट नै भए । यहाँ हामी यस्ता बिजनेसको बारेमा चर्चा गर्दैछौं जो इन्टरनेट आएपछि बन्द नै भए वा हुने क्रममा छन् । नेपालमा यी बिजनेस हल्काफुल्का चलिरहेका भएपनि विकसित मुलुकमा चाहिँ यी लगभग बन्द नै भइसके ।


फोटो स्टुडियो

स्मार्टफोन र इन्टरनेटका कारण मानिसहरू आजकल फोटो स्टुडियोमा गएर फोटो खिचाउनै छोडेका छन् । फेसबूक र इन्स्टाग्राममा फोटो एल्बम तयार गर्न थालेका मानिस किन फोटो स्टुडियो गएर फोटो खिचाउन् र धुलाउन् ?

केबल टिभी
एकताका केबल अपरेटरहरूलाई केबल जडान गर्ने फोन आएर हैरानी हुन्थ्यो । तर डीटीएच प्रणाली आएपछि केबल टिभीको धन्धा लगभग बन्द भएको छ । आजकल त मान्छेहरू लाइभ टिभी मोबाइलमै हेरिदिन्छन् । बिस्तारै डीटीएच पनि बन्द हुनेछ ।

किताब पसल र भाडाको भिडियो
आजकल किताब पसलहरू पुस्तक सार्वजनिक गर्ने ठाउँमा परिणत हुँदै गएका छन् । नेपालमा त अझै पनि पुस्तक पसल थुप्रै छन् तर विदेशमा त मानिसहरू अनलाइन नै डाउनलोड गरेर डिभाइसमा पढ्न थालेका छन् ।

प्रिन्ट र प्रकाशन गृह
अखबार र पत्रिका अब पुराना कुरा हुन थालेका छन् । आजको समयमा मानिसहरू इबूक, इलाइब्रेरी, इम्यागेजिन र अनलाइन न्युज पोर्टल चहार्न थालेका छन् । नेपालमा त अझै केही वर्ष अखबारहरू चल्लान् तर अन्त त बिस्तारै ती हराउन थालेका छन् ।

शब्दकोष र विश्वकोष
इन्टरनेटमै भएभरको कुरा पाइएपछि विश्वकोष अर्थात् इन्साक्लोपिडिया पल्टाइरहने तनाव कसले लिओस् ? अनि बडेमानका शब्दकोष पनि पल्टाइरहनु परेन इन्टरनेटका कारण ।

साइबर क्याफे
साइबर क्याफेका लागि मानिस लाइन लागेर कुरिबस्थे पहिला तर स्मार्टफोन आएपछि घरघरमा इन्टरनेट पुगेकाले साइबर क्याफे धाउने कष्ट कसले गरिरहोस् ?

भाडामा भिडियो
एकताका सीडी र डीभीडी भाडामा वा किनेर फिल्म हेर्ने चलन थियो । तर टोरेन्ट र नेटफ्लिक्सको जमानामा कसले डीभीडी किनिराखोस् ?

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्