२४ जेठ २०८३, आइतबार

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

कात्तिक २०, २०७४
स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल
काठमाडौँ, २६ फागुन –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गरेका छन् ।

राष्ट्रिय सूचना आयोगले बिहीवार प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले केही मानिसले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन हुन नदिने चलखेल गरिरहेको सन्दर्भमा निर्वाचन सम्पन्न गर्नका लागि आम नागरिकसँग अपिल गरेका हुन् ।

राजनीतिक अस्थिरता, राजनीतिक खिचातानीभन्दा पनि जनताले विकास चाहेको अवस्थाामा व्याप्त राजनीतिक अस्थिरताको अन्त्य गर्दै संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको प्रधनमन्त्री ‘प्रचण्ड’को भनाइ छ ।

‘प्राप्त उपलब्धि संस्थागत गर्ने सन्दर्भमा निर्वाचन धेरै नै महत्वपूर्ण हुनेछ, निर्वाचन देशका लागि अपरिहार्य बनेको छ, त्यसैले सही ढङ्गबाट सम्पन्न गर्न सबैको उत्तिकै भूमिका हुन्छँ उनले भन


आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आव २०७२/७३ मा आयोगमा ६ सय ७८ पुनरावेदन परेकामा ६ सय ७४ वटा फछ्र्यौट भई ९९ दशमलव ४ प्रगति हासिल गरेको जानकारी दिए ।

आयुक्तद्वय यशोधा तिमिल्सिना र किरणकुमार पोखरेलले आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफलका लागि संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्