२७ जेठ २०८३, बुधबार

अस्पताल पुगेर प्रचण्डले लिए प्रा.डा. श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी

अस्पताल पुगेर प्रचण्डले लिए प्रा.डा. श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिएका छन् । 

तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा.डा. श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत छन् । अध्यक्ष प्रचण्डले प्रा.डा. श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

चिसोका कारण निमोनिया भएपछि प्रा.डा. श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । अध्यक्ष प्रचण्डले प्रा.डा. श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्