०३ साउन २०८३, आइतबार

को  हुन् मधेसी, मुस्लिम र थारु आयोगको अध्यक्षमा सिफारिस भएका अध्यक्ष

को  हुन् मधेसी, मुस्लिम र थारु आयोगको अध्यक्षमा सिफारिस भएका अध्यक्ष

संवैधानिक परिषद्ले विभिन्न ५ संवैधानिक आयोगमा प्रमुख नियुक्तिका लागि सिफारिसगरेको छ ।

परिषद्को आइतवार अपराह्न सिंहदरवारमा बसेको बैठकले संवैधानिक आयोगहरूका प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

परिषद्ले प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुराम चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका पौडेल र सुवेदी पूर्व सचिव समेत हुन् । भने मधेसी आयोगका अध्यक्षमा सिफारिस भएका दत्त हजारी जनक संस्कृत विद्यापीठका सहप्राध्यापक हुन् । उनी नेकपा निकट मानिन्छन् ।

त्यस्तै मुस्लिम आयोगका अध्यक्षमा सिफारिस भएका समिम अन्सारी नेकपाका नेता हुन् । राजपाका सहमहामन्त्री अन्सारी निर्वाचन अघि जेठमा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

थारु आयोगका चौधरी २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएका थिए । चौधरी २०६४ सालमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए ।

संविधानको धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन सम्बन्धी व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमुख नियुक्त गर्ने प्रावधान छ ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गर्नु केही घण्टाअघि बैठक बसेको थियो ।

प्रधामनन्त्री अध्यक्ष रहने परिषद्‌मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्