३० जेठ २०८३, शनिबार

मेलम्चीको ठेक्का तोड्ने तयारी, तयार भयो पत्र

माघ ७, २०७५
मेलम्चीको ठेक्का तोड्ने तयारी, तयार भयो पत्र

काठमाडौँ–मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘सोमवार ठेक्का रद्द गरिएको घोषणा गरिने छ,’उनले भने ।
सीएमसी अन्तर्राष्ट्रिस्तरमै वित्तीय सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका प्रतिनिधि एक महिनाअघि काम छोडेर भागेका थिए तर प्रहरीले आठ जनालाई पक्राउ गरेपछि नयाँ वर्ष मनाएर फर्किने शर्तमा छाडिएको थियो । कम्पनी फर्किने सम्भावना नदेखिएपछि एकतर्फी रूपमा ठेक्का रद्द गरेर धरौटी जफत गर्न लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्