
काठमाडौं–स्थापनाको एक सय २८ वर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले इमर्जेन्सीमा नर्सिङसेवा सुरु गरेको छ ।
नर्सिङले दिएकोजस्तो प्रभावकारी सेवा चिकित्सक र अहेवले दिन नसकेपछि अस्पतालले पहिलोपटक इमर्जेन्सीमा नर्स परिचालन गरेको हो ।
यसअघि अहेव र डाक्टरहरूले मात्रै इमर्जेन्सीका बिरामीलाई उपचारसेवा दिँदै आएका थिए । नयाँ पत्रिकामा खबर छ ।