२६ असार २०८३, शुक्रबार

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा हाइ-अलर्ट केयरमा राखेर उपचार भइरहेको छ । 

उपचारमा संलग्न डाक्टर युवराज शर्माले दाहालको स्वास्थ्य हिजोको तुलनामा आज सुधारोन्मुख देखिएको जानकारी दिए । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालका अनुसार दाहालको स्वास्थ्य सुधार आउने क्रममा रहेकाले डिस्चार्ज गर्न अझै केही दिन लाग्नेछ । 

उनको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्