१० साउन २०८३, आइतबार

कांग्रेसको चुनौती– क्षमता छ भने बीपी राजमार्गलाई केपी ओली राजमार्ग बनाउनुस्

कांग्रेसको चुनौती– क्षमता छ भने बीपी राजमार्गलाई केपी ओली राजमार्ग बनाउनुस्
फाइल फोटो

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले गरेका निर्णय नउल्टाउन चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुरूमा समय लिएर नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको आरोप लगाए । 

‘सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्ने निर्णय गरेर सरकारले लोकतन्त्रको इतिहास मेटाउन खोजेको छ, यो सार्वभौम संसद्को अपमान हो,’ गच्छदारले भने, ‘जसको नेतृत्वमा गणतन्त्र घोषणा भयो र संविधान घोषणा भयो उसको नाम मेटाउने कुरा संसद्को अपमान हो ।’

गच्छदारले पूर्ववर्ती सरकारले गरेका निर्णय सच्चाउने निर्णय नगर्न चुनौती दिए । ‘सरकारको हिम्मत छ भने बीपी राजमार्गको नाम परिवर्तन गरेर केपी शर्मा राजमार्ग राख्नुस्’ गच्छदारले चुनौती दिए ।

गच्छदारले कोइरालाको नाममा रहेको अस्पताल संघमार्फत् राख्ने निर्णय नहुँदासम्म सदन चल्न नदिने बताए ।

कांग्रेसको अवरोधका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्