
काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा बन्न लागेको अस्पताल रोकिएको भन्दै आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । तर १५
मिनेटमा पनि बैठक बस्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
बैठक माघ १४ गते ११ बजेका लागि तय भएको छ ।