
काठमाडौं, २६ फागुन - जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा ४१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भावेष रिमालका अनुसार मृतकको संख्या बढ्ने संभावना छ ।
उनले अहिले उद्दार कार्य चलिरहेको बताए । जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस पासागाढ भन्ने स्थानमा भीरबाट खसेको हो ।
घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको डिएसपी रिमालले जानकारी दिए । बस चार सय भन्दा तल पासागाढ खोलामा खसेकाो छ । चलानीमा २३ जना मात्रै यात्रु बोकेर हिँडेको भएपनि बसले बाटोमा यात्रु थप्दै जाँदा संख्या बढेको हो ।
तस्वीरः भेरि खबर डट कमबाट