
बुटवल – नवलपरासी बर्दघाटस्थित त्रिवेणी चोकमा सोमवार भएको दुर्घटनामा बालकको मृत्यु भएको छ ।
बुटवल–बर्दघाट रूटमा चल्ने लु१ख ७२९६ नम्बरको माइक्रो बसले नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ का ६ वर्षीय बालक सितल बोटेलको मृत्यु भएको हो ।
दुर्घटनामा बोटेका भाइ ४ वर्षीय आरन गम्भीर घाइते भएका छन् ।
‘रोकिराखेको बस अगाडि दाजुभाइ खेल्दै गरेका रहेछन् । चालकले एक्कासी गाडी अगाडि बढाउँदा दाजुभाइले ठक्कार दिएको बुझिएको छ,’ इलाका प्रहरी कार्यालय, बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर गिरीले भने ।
सितलको बर्दघाटस्थित चिसापानी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । आरनको अवस्था पनि गम्भीर रहेको गिरीले जानकारी दिए । उनीहरू के गर्न बर्दघाट आएका थिए भन्ने खुल्न सकेको छैन । चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।