२४ असार २०८३, बुधबार

८० किशोरीलाई आत्मरक्षा तालिम, तालिमपछि दिइनेछन् ५० विद्यालयमा हरेक दिन एक घण्टा तालिम

माघ ७, २०७५
८० किशोरीलाई आत्मरक्षा तालिम, तालिमपछि दिइनेछन् ५० विद्यालयमा हरेक दिन एक घण्टा तालिम

कास्की– नारी सुरक्षाका लागि प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर एकाइ समितिले नारी सम्मान र सुरक्षाका लागी मिशन साहसी २०७५ अभियान शुरु गरेको छ । 

समाजमा महिलामाथि हुने थिचोमिचोलाई कसरी सामना गरेर आत्मविश्वासका साथ अघि बढ्ने भन्ने विषयमा उत्प्रेरित गर्ने सो अभियानको उद्देश्य रहेको कार्यक्रम संयोजक विष्णुकुमारी अधिकारीले जानकारी दिइन् । 

कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ५० विद्यालयका किशोरीलाई हरेक दिन एक घण्टा आत्मरक्षा तालीमका साथै कानूनी ज्ञान, व्यक्तित्व र नेतृत्व विकास तथा उद्यमशीलताबारे सैद्धान्तिक एवं व्यावहारिक तालीम प्रदान गरिनेछ ।

कार्यक्रममा ८० किशोरी सहभागी छन् । तालीमपछि उनीहरु नै प्रशिक्षकको भूमिकामा रहने छन । राष्ट्रव्यापी रुपमा चलिरहेको सो प्रशिक्षण कार्यक्रमको सहजकर्तामा अधिवक्ता दुर्गा न्यौपाने, नागरिक समाजका सदस्य विन्देश्वरी बराल, प्रहरी निरीक्षक भगवती तिम्सिना र सञ्चारकर्मी दुर्गा अधिकारी रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्