
हेटौँडा–राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनस्र्थापना गराउन पार्टीले दबाब दिने बताएका छन् ।
राप्रपाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेपालमा धर्मपरिवर्तनको रफ्तार बढेकामा चिन्ता व्यक्त गर्दै उनले मुलुकमा धार्मिक द्वन्द्वको खतरा रोक्नुपर्ने उल्लेख गरे । उनले राप्रपा सर्वधर्म समभावसहितको हिन्दू राष्ट्रको पक्षमा रहेको बताए ।
एक अर्को फरक प्रसङ्गमा अध्यक्ष थापाले हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानी तोकिनुपर्नेमा जोड दिए ।
सबै कोणबाट हेटौँडा राजधानीका लागि उपयुक्त रहेको उनको तर्क थियो ।