०६ असार २०८३, शनिबार

दुर्घटनास्थलबाट एलडीओले भने :धेरैको ज्यान गयो, यहाँको अवस्था हृदयविदारक छ

कात्तिक २०, २०७४
दुर्घटनास्थलबाट एलडीओले भने :धेरैको ज्यान गयो, यहाँको अवस्था हृदयविदारक छ
२६ फागुन –दुर्घटनाको खबरसँगै म हतार–हतार दुर्घटनास्थल आइपुगें ।  भीरबाट करीव ४०० मिटर तल खसेका कारण बस टुक्रा –टुक्रा भएको छ ।

राती अबेरसम्म २४ जनाको शब भेटियो ।  धेरैजसो यात्रुका शरीरका भाग छिन्न –भिन्न भएका छन् । हेर्नै नसक्ने अवस्था छ यहाँ ।

यात्रुका आफन्त यहाँ आउनु भएको छ । ठूलो रुवाबासी र हार गुहारको अवस्था छ । दुर्घटनामा परेका यात्रुका आफन्त, साथीभाई र नातेदारमध्ये कतिपय मुर्छित हुनु भएको छ ।

नेपाल प्रहरी, सेना, शसस्त्र प्रहरी, स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी, स्थानीय बासिन्दा लगायत उद्धार कार्यमा जुटेका छन्  ।

बस दुर्घटनाको ठ्याक्कै कारण त थाहा पाइसकेको छैन तर घुम्तीमा तिव्र गतीका कारण दुर्घटना भएको आशंका छ ।

(बस दुर्घटनास्थलमा पुगेका जाजरकोटमा स्थानीय विकास अधिकारी रुद्र पण्डितसँग लोकान्तरले गरेको कुराकानीमा आधारित)

फोटो स्रोत :भेरीखबर डटकम 

salt training

कमेन्ट गर्नुहोस्