
ओखलढुंगा– उच्च अदालत ओखलढुंगा इजलासले लिखु र चम्पादेवी गाउँपालिकालाई ऐन मिचेर नियुक्ति गरेका कर्मचारीलाई काममा नलगाउन, तलबभत्ता नदिन अन्तरिम आदेश दिएको छ ।
यी २ गाउँपालिकाले कार्यविधि मिचेर कर्मचारी नियुक्त गरेको भन्दै बदर मागसहित छुट्टाछुट्टै रिट परेका थिए । तिनै रिटमाथि आइतबार सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । यसअघि चम्पादेवीले प्राविधिक कर्मचारी, वडासचिव तथा शिक्षक गरी २७ जना नियुक्त गरेको भन्दै स्थानीय कमल खड्काले रिट निवेदन दर्ता गरेका थिए ।, कान्तिपुरमा खबर छ ।