०८ असार २०८३, सोमबार

सक्रियता बढाउदै पूर्वराजा ज्ञानेन्द्र

माघ ८, २०७५
सक्रियता बढाउदै पूर्वराजा ज्ञानेन्द्र

 काठमाडौं – पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लागेको खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ । 

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमणमा निस्कनेछन् । 

पूर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ ।

 पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्