काठमाडौं, फागुन २६– निर्वाचन आयोगले स्थानीय तह पुर्नसंरचना आयोगको सबै जिल्लाको प्रतिवेदन पाएको जनाएको छ ।

आयोगले यसअघि १२ जिल्लाको प्रतिवेदन प्राप्त गर्न बाँकी हरेकोमा सो पनि बिहिबार प्राप्त गरेको हो ।
यो सँगै निर्वाचनसम्बन्धी आवश्यक तयारी गर्न सहज हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि नयाँ संरचना अनुसार अघि बढ्नको लागि मतपत्र, मतदातानामावली लगायत छाप्न तथा अरु तयारी गर्न असहज हुँदै आएको आयोगले बताउँदै आएको थियो ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गतेको लागि तोकेको छ ।