१५ असार २०८३, सोमबार

कमल थापालाई स्थानीय विकास मन्त्रालयको जिम्मा, हितराज रुष्ट

कात्तिक २०, २०७४
कमल थापालाई स्थानीय विकास मन्त्रालयको जिम्मा, हितराज रुष्ट


काठमाडौँ, २६ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।rpp_1

विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ खुवाइन् ।

थापाले जिम्मेवारी पाएको सो मन्त्रालय यसअघि माओवादीको तर्फबाट मन्त्री बनेका हितराज पाण्डेले सम्हाल्दै आएका थिए । तर, आफूसँग कुनै सल्लाहनै नगरी थापालाई जिम्मेवारी दिएको भन्दै पाण्डे असन्तुष्ट बनेका छन् । उनले अरुलाई जिम्मेवारी दिँदा आफूसँग कुनै छलफल नगरिएको भन्दै असन्तुष्टि पोखे ।


यस्तै आजै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गगराइन् ।

salt training

कमेन्ट गर्नुहोस्