०८ असार २०८३, सोमबार

बिकिनी मात्र लगाएर पहाड चढ्ने हाइकरको मृत्यु

बिकिनी मात्र लगाएर पहाड चढ्ने हाइकरको मृत्यु

काठमाडौं — संसारकी सुप्रसिद्ध बिकिनी हाइकर ताइवानकी गिगी वूलाई पर्वतारोहणमा रुचि थियो । उनी बिकिनी मात्र लगाएर हाइकिङ गर्न जान्थिन् । 

बिकिनी लगाएरै उनी लामो यात्रामा निस्किन्थिन् । तर जनवरी ११ मा उनले शुरू गरेको यात्रा उनको मृत्युमा पुगेर टुंगियो । 

उनी एक्लै पर्वतारोहण गर्न गइन् । यात्राका क्रममा उनी लडिन् र खोंचमा खसिन् । उनलाई गम्भीर चोट लाग्यो र घाइते भइन् । तर उनले हिम्मत गरेर स्याटेलाइट फोनबाट जनवरी १९ मा आफ्नो साथीसँग सम्पर्क गरिन् र भनिन्, ‘म समस्यामा परें । चोट लागेका कारण म हिँड्न नसक्ने भएकी छु । सहायता गर ।’

गिगीको सन्देशपछि नेसनल एयरबोर्न सर्भिस दलले उनलाई बचाउनका लागि तीनपटक ब्ल्याक हेलिकप्टर पठाएको भए पनि मौसम खराब भएका कारण हेलिकप्टर ल्यान्ड हुनै सकेन । त्यहाँ तापक्रम पनि लगभग २ डिग्री सेल्सियस थियो । 

अनि गिगीलाई खोज्नका लागि तीन मानिस रहेको दुईवटा समूह बनाइयो । दुवै टोलीले लगभग २८ घन्टासम्म उनीहरूलाई खोजे । चिसोमा जमेको गिगीको लाश उनीहरूले फेला पारे । 

सोमवार ताइवान नेसनल पार्कमा गिगीको शव फेला परेको हो । उद्धारटोलीका कमान्डर लिन चेङ्लीले भने, ‘गिगीको लाश समुद्र सतहभन्दा १७ मिटर माथि फेला परेको हो ।’

पहिलेपहिलेका हाइकिङमा पनि गिगी घाइते हुने गरेकी थिइन् । सन् २०१८ को क्रिसमसमा गिगीले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेर लेखिन्, ‘धन्न म बाँचें ।’

गिगीले आफ्नो अकाउन्टबाट बिकिनी हाइकिङका अनेकौं तस्वीर शेयर गर्ने गर्थिन् । उनी पहाडको टुप्पोमा बिकिनी लगाएर उभिएको अवस्थामा देखिन्थिन् । 

उनले एक पोस्टमा लेखेकी पनि थिइन्, ‘म वर्षको एक तिहाइ भाग (लगभग १२७ दिन) हाइकिङका लागि छुट्ट्याउँछु ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्