
काठमाडौं– सरकारले स्वाइन फ्लुका बारेमा सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागले आज सूचना जारी गरेर सञ्चारमाध्यमा आएजस्तो नेपालका बुंगरमा एन्फ्लुएन्जा ए (एच वान एन वान) हाल सम्म नेपालमा नदेखिएको जनाएको छ ।
यो रोग सर्नमा बुंगुरको कुनै भूमिका नभएको विभागले जनाएको छ । ‘यो रोगलाई स्वाइन फ्लु भनेर प्रशारण र प्रकाशन गरेको पाइएकोले विश्व स्वास्थ्य संगठन (ड्व्लु एच ओ)ले समेत यसलाई मानिसमा देखा पर्ने सिजनल फ्लु इन्फ्लुएन्जा (एच वान एन वान पिडिएम ०९) भनी नामाकरण गरेकोले यो रोगलाई स्वाइनफ्लु भनी प्रचार नर्गन अनुुरोध छ।’ सूचनामा उल्लेख छ ।