०६ साउन २०८३, बुधबार

संशोधन प्रस्ताव फिर्ता लिनु हुँदैनः महत

कात्तिक २०, २०७४
संशोधन प्रस्ताव फिर्ता लिनु हुँदैनः महत
काठमाडौं, १ पुस । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।


शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. महतले भने,‘संविधान संशोधन प्रस्तावलाई लजिकल ईण्डमा पुर्याउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो, एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठिक हो ।’

महतले प्रतिपक्षी दल एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनुपनि उचित नहुने जिकिर गर्दै भने,‘अहिले देखिएको संसदको गत्यावरोधलाई अन्त्य गर्नको लागि पनि संशोधन प्रस्तावलाई थाँती राखेर जानुको विकल्प छैन् ।’

नेता महतले अहिले संशोधन प्रस्ताव फिर्ता लिनु नहुने बताए । संशोधनलाई थाँती राखेर अन्य अति आवश्यक ऐन/कानूनहरुलाई अघि बढाउनु पर्ने उनको भनाई थियो ।


फरक प्रसँगमा उनले सरकारको आलोचना हुनु स्वभाविक भएको टिप्पणी गरे । सरकार रहने वा नरहने भन्ने कुरा संसदको अंक गणितमा निर्भर रहेको बताउँदै अहिले नै आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा नभएको उनले जिकिर गरे । महतले थपे,‘अहिले सरकार परिवर्तनको खेलमा कांग्रेस छैन, अस्थिरता ल्याउने कुरामा काँग्रेस लाग्दैन् ।’

salt training

कमेन्ट गर्नुहोस्