२३ जेठ २०८३, शनिबार

जाजरकोट बस दुर्घटनाः मृतकको संख्या २६ पुग्यो, झरी परेपछि उद्दारमा कठीनाई

कात्तिक २०, २०७४
जाजरकोट बस दुर्घटनाः मृतकको संख्या २६ पुग्यो, झरी परेपछि उद्दारमा कठीनाई
काठमाडौं, २७ फागुन - जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या शुक्रबार बिहानसम्म २६ पुगेको छ ।

बिहिबार दिउँसो जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस पासागाढ भन्ने स्थानमा भीरबाट करीब ४०० मिटर तल खसेर सो भयानक दुर्घटना भएको थियो ।Mishap 1
दुर्घटनामा ३६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको लोकान्तरलाई बताए ।

उनका अनुसार घाइतेमध्ये २२ जनालाई नेपालगञ्ज पठाएको जानकारी दिँदै अरु १४ मध्ये ८ जनाको चौरजहारी अस्पताल र ६ जनाको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ ।

घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको डिएसपी रिमालले जनाएका छन् ।

चलानीमा ४३ जना मात्रै यात्रु बोकेर हिँडेको भएपनि बसले बाटोमा यात्रु थप्दै जाँदा संख्या बढेको हो ।


घटनास्थलमा पुगेका स्थानीय विकास अधिकारी रुद्र पण्डितका अनुसार घटनास्थलमा घाइते र मृतकका परिवार शोकाकुल भएका छन् ।

जाजरकोटमा वर्षा
यसैबीच गएरातीदेखि जाजरकोटमा वर्षा भएको छ । वर्षाका कारण उद्दारमा समस्या भएको डिएसपी रिमालले बताए ।
‘लगभग उद्दार सकिएको भएपनि हिजो उद्दारकै क्रममा रात परेकाले आज पनि त्यहाँ जानुपर्ने हुन्छ । वर्षाका कारण जान समस्या भइरहेको छ’, उनले भने ।

उनका अनुसार दुर्घटनास्थल जानको लागि निकै अप्ठ्यारो बाटो पार गर्दै पुग्नुपर्ने हुन्छ । सडकमाथितिर विशाल पहाड भएको र ढुंगा खसिरहने भएकाले उद्दार टोली नै दुर्घटनामा पर्न सक्ने जाखिम रहेको उनको भनाई छ ।

जसरी पनि थप उद्दारमा जुट्नुुपर्ने भएकाले आफूहरुले नेपालीसँग समन्वयन गरेर घटनास्थलमा जाने प्रयास गरिरहेको बताए ।

अहिले पनि जाजरकोटमा वर्षा रोकिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्