काठमाडौं, २७ फागुन– संघीय गठबन्धनले गराएको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ । बन्दका कारण मुख्य राजमार्गहरुमा यातायात सञ्चालन हुन सकेका छैनन् भने उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत प्रभावित बनेका छन् ।
सप्तरीमा गत सोमबार प्रहरीको गोली लागि ४ जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा गठबन्धनले बन्दको आह्वान गरेको हो ।
बन्दको प्रभाव राजधानीमा भने सामान्य देखिएको छ । राजधानी गाडी समान्य रुपमा चलिरहेको छ । तर, शिक्षण संस्थाहरु भने प्रायजसोः ठप्प रहेका छन् ।