२५ जेठ २०८३, सोमबार

चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित हुन्छ – सरकारका प्रवक्ता बाँस्कोटा

चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित हुन्छ – सरकारका प्रवक्ता बाँस्कोटा

काठमाडौं – प्रतिनिधि सभामा पेश हुने तयारीमा रहेको चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीको शतप्रतिशत माग पूरा भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले अनशनरत डा. केसीलाई उचाल्नेहरूले वास्तविक विधेयक पढ्न नदिएर गुमराहमा राखेको हुन सक्ने बताए ।

‘हावामा तरवार चलाएर निशाना लाग्दैन,’ बाँस्कोटाले भने, ‘डा. केसीले संसदमा पेश हुन लागेको विधेयक नै नपढी अनशन थाल्नुभएको छ, यदि उहाँले यो विधेयकको विरुद्धमा अनशन बसेको हो भने उहाँको अनशन आफैं विरुद्धको अनशन हो ।’

‘सरकारले समिति बनायो, विधेयक पेश गर्यो । त्यो विधेयक सम्बन्धित समितिमा छलफल भयो, भोटिङ समेत भयो र आएको नतिजा संसदमा गइसक्यो ।’ सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘विधेयक अब संसदको क्षेत्राधिकारभित्र प्रवेश गर्यो र अब जुनसुकै हालतमा पारित हुन्छ ।’

नेपालमा सबभन्दा बढी छलफल चिकित्सा शिक्षा विधेयकमा मात्र भएको भन्दै बाँस्कोटाले विधेयकमा के छ भन्ने नपढीकन सरकारलाई दोष लगाउने काम भइरहेको भन्दै असन्तुष्टि पोखे । ‘अस्पताल बन्द गर्ने, नारा जुलुस गर्ने, अनशन बस्नेजस्ता कामहरूले कानून बनाउन मिल्दैन,’ बाँस्कोटाको तर्क छ, ‘कानून संसदले बनाउने हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्