२३ जेठ २०८३, शनिबार

योगेश भट्टराईले डा गोविन्द केसीलाई दिए संसदको इतिहास पढ्न सुझाव

योगेश भट्टराईले डा गोविन्द केसीलाई दिए संसदको इतिहास पढ्न सुझाव

काठमाडौं– नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले  संसदको तागत र गरिमा वुझ्न नसकेको भट्टराईले आरोप लगाए।

आज जनतावाट निर्वाचित सार्वभौम संसदका सदस्यहरुलाई तथानाम गाली गरेको भन्दै भट्टराईले सो धारणा राखेका हुन्। उनले भने, ‘जनतावाट निर्वाचित सांसदलाई ‘ तिमी को हौ’  भन्ने केसी को हुन् ?’

नेता भट्टराईले शुक्रबार हरहालतमा संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने ठोकुवा गरे।केसिका अधिकांश जायज माग समेटिएकाले यसलाई केसीले पनि स्वागत गर्नुपर्ने भट्टराईको ठहर थियोे ।

आज महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ' चिकित्सा शिक्षा विधेयक ' विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले सो धारणा राखेका हुन् । कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी ,सांसद अन्जना विसंखे, प्रा.डा.रामप्रसाद उप्रेती ,डा. प्रदिप ज्ञवाली लगायतले विधेयक अविलम्ब पारित गर्नुपर्ने धारणा राखेका थिए।

salt training

कमेन्ट गर्नुहोस्